Gold
Bangad salyan

उदयपुरमा ८ जनामाथि कोरोना पुस्टि ,

वैशाख ५ ,विराटनगर – कोसी अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिएका ८ जनामा कोरोना पुस्टि भएको छ ।

उदयपुरको मस्जिदमा रहेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको हो । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो।

भुल्केस्थित मस्जिदमा केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।

कोसी अस्पतालमा गरिएको परीक्षणमा आठ जनामा कोरोना पोजेटिभ देखिएपछि नमुना काठमाडौं पठाइएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय श्रोतले बताएको छ ।