Gold
Bangad salyan

कोरोनालाई जितेर बागलुङकी वृद्धा खुसी हुँदै घर गइन्,

वैशाख ६ ,काठमान्डौ – कोरोना भाइरस बाट संक्रमित भएकी बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल निको भएर खुसि हुँदै आज घर फर्किएकी छन् ।

धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत उनको तेस्रो र चौथो स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको केही घण्टापछि उनी डिस्चार्ज भएकी हुन् ।

चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् ।]

उनलाई अझै थप होम क्वारेईनटाईनमा बस्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि। पोखरेलले बताए । यो संगै नेपालमा तिन जना कोरोना संक्रमित ठिक भएर फर्केका छन् ।