Gold
Bangad salyan

महावीर पुन स्वाथ्यकर्मी देखि सुरक्षाकर्मि एम्बुलेन्सलाई निशुल्क पिपिई उपलब्ध गराउछु ,

वैशाख ७ ,काठमान्डौ – राष्ट्रिय आविष्कार केन्द्रका अध्य्क्ष महावीर पुनले स्वास्थ्यकर्मी , एम्बुलेन्स,सुरक्षाकर्मिहरुलाई निशुल्क पिपिई उपलब्ध गराउने भएका छन् ।

यो भन्दा अगाडी पनि काठमान्डौमा चल्ने एम्बुलेन्स चालकहरुलाई पिपिई उपलब्ध गराएका महावीर पुनले अब भने जोखिममा रहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मिलाई पीपीई उपलब्ध गराउने बताएका हुन् ।

एकै पटक सबैलाई उपलब्ध गराउन नसकिने र अति आबश्यकहुनेलाई मात्र पिपिई उपलब्ध गराईने पुनले बताए ।

विभिनन ठाँउबाट आफुलाई पिपिईको माग आईरहेको र अभिभावकहरुको तथा सुरक्षाकर्मीहरुको धेरै नै अनुरोध आइरहेको पुनले बताए ।

तेस्तै सबै एकै पटक नआउन र आउँदा आफ्नो आईडीकार्ड ल्याएर आउन उनले आग्रह गरेका छन् ।

अस्पतालमा काम गर्ने इन्टर्न, रेसिडेन्ट डाक्टर, नर्सहरुले अस्पतालको प्रशासनले उनीहरुलाई पिपिई दिन नसकेको आफु संग गुनासो आएपछि यस्तो अवस्थामा आफ्नो मन छोएपछि यो निर्णयमा पुगेको उनले बताए ।

सिमाना देखि विभिनन स्थानमा काम गर्ने सशस्त्र प्रहरी र नेपाल प्रहरी सुरक्षाकर्मीहरु एकदमै डराएकोले पनि पीपीईको माग गरिरहेको उनले बताए । धेरै जिल्लाका सिडियो ,नेताहरुले पनि अस्पतालका लागि भनेर पिपिई माग आएको छ ।

तेस्तै अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी अभिबाभकहरुले पनि आफ्नो छोराछोरीको ज्यानको सुरक्षाको लागी नै भनेर पिपिई माग गरेको पुनले बताए ।