यस्तो बेला कोरोनाले संविधान पढेको छ र आगमन खुल्ला भन्ने प्रधानमन्त्री ओली ,
वैशाख ८ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीसंग सरकारी स्वामित्वका सञ्चारमाध्यमका प्रतिनिधिले शनिबार साँझ कोरोना रोकथाम तथा नियन्त्रणमा थप कुराकानी गरेका छन् ।
कुराकानिमा प्रधानमन्त्री ओलीले हाल सम्म नेपालमा ३० जनामा कोरोना संक्रमण फेलापरेको त्यो पनि सबै बाहिरबाट आएका हरुमा संक्रमण देखिएको बताएका छन् ।
नेपालमा कोरोना रोक्न सरकार थप प्रभावकारी बनेको छ अहिले सम्म ति संक्रमित मध्ये ४ जना ठिक भएर घर फर्किसकेको पनि ओलीले बताए ।
धेरैले विदेशबाट नेपालि ल्याउन पर्ने ,आवागमन किन रोकेको हो भन्ने ठुला ठुला विद्वान पनि संविधान पल्टाएर नागरिकको हक अधिकार खोस्ने भन्दै प्रश्न गरेका छन् ।
यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले भनेका छन्। ,यो विश्व महामारीको बेला हो कोरोनाले संविधान पढछ र ,उसले पढ्न जानेको छैन धन्न हामीले लकडाउनलाइ ध्यान राखिऔ।
तैपनि यति जना त देखिएत् संक्रमित तो कसरि भयो भन्ने कुरामा बुझ्न आग्रह गरे । बाहिरबाट मात्र आएका मात्र नभई यहि पनि कति मान्छे लुकेर बसेका हरुमा पनि संक्रमण देखियको उनले बताए ।
अस्तिमात्र लुकेर बसेका १२ जनामा देखिएको संक्रमणले थप प्रश्न उठाएको र नागरिकले बुझ्न पर्ने प्रधानमन्त्री ओलीले बताए ।
नागरिक अलपत्र परेका भन्ने संचारकर्मीको प्रश्नमा भने सामाजिक दुरी अपनाउन ,र विश्व स्वास्थ्य संगठनको माप दण्ड अनुसार आफुहरु अगाडी बढेको बताए ।
यो प्राकृतिक प्रकोप नरही डढेलो रहेको पनि उनले प्रस्ट पारे । जसको सामना गर्न अहिले विश्व एकता भईरहेको हुनाले यसको नियाँत्रन्को उपाय बह्नेकै लकडाउन रहेको हुनाले र सिमामा लुकेर बसेकाहरुलाई खोजि खोजि परिक्षन गर्ने भईरहेको उनले बताए ।
अर्थतन्त्रमा धक्का पुग्छ भन्ने प्रश्नमा भने उनले नागरिकको जीवन ठुलो रहेको बताए । नागरिक भोकै मरे अलपत्र परे भनेर धेरै फोटो हाल्ने र अनावस्यक भ्रमपूर्ण समचार नगर्न पनि उनले आग्रह गरे ।
हामि हुँदा खाने नेपालि भएपनि कम्तिमा सबैको घरमा ३ देखि ६ महिना खान सक्ने हैसियत भएका नागरिक छन् ।करिब ७६ देखि ८० करोड को राहत वितरण गरिसकेको कोहि छुटेकालाई राहत उपलब्ध गरीने उनले बताए ।
अलपत्र परेका छन् भने सरकारको हेल्पलाईन नम्बरमा अकल गर्न पर्यो तिन तहका सरकारलाई तेरो जिम्मा के कारणले दिएको हो किन राहत वितरण गर भनेको हो स्वास्थ्य सामग्री देखि सुरक्षाकर्मि के कारणले राखीएको उनले भने ।
सिमामा अलपत्र परेकालाई उद्दार गर्ने भन्दा पनि व्यवस्थापन भईरहेको र गरिएको उनले बताए । सिमामा आफुले भारत सरकार संग कुरा गरेर २१ सय नेपालीलाई होटेलमा बस्न भनेपनि नेपालिले दश गजामा त्रिपाल मन पाराएको बताए ।
यो अवस्थामा सबैले आ आफ्ना विचार राखेपनि कोरोना रोकथाम गर्न लकडाउननै उतम उपाय रहेको प्रधानमन्त्री ओलीले बताए । स्वास्थ्य सामग्री छिटो नआउनु भनेको भने टेन्डर मार्फत जाने भएको हुनाले ढिला भएको बताए ।
कोरोनाले देश यस्तो भएको बेला कसैले यस्तो कार्य गर्छ भने जस्तो मलाइ लाग्दैन हल्लाकाको पछि नलाग्न ओलीले बताए ।
भ्रस्टाचार अनैतिक गर्ने जनतामा भ्रम छर्ने र सरकारलाई असफल बनाउन पाए हुन्थ्यो भन्ने खालका सबैसंग सचेत रहन पनि उनले आग्रह गरेका छन् । गल्ति गर्नेलाई कारबाही हुने उनले बताए ।
ललिता निवासको जग्गा , वाईडबडि काण्ड सुन प्रकरण भनेर आफ्नो नाम मुछ्नेहरु धेरै रहेको तर यो सबै आफ्नो पालामा नभई पहिलेनै भएको जसलाई यो सरकारले बाहिर ल्याएको बताए ।
ईट्टा भट्टमा मान्छे हाल्ने जस्ता मान्छे मन्त्रि भएर बसेका हुनाले उनीहरु अहिले जेलमा रहेको जसको मुद्दा अदालतमा बढिरहेको बताए ।
यो सरकार संविधानलाई टेकेर अगाडी बढ्ने पनि ओलीले बताए । कोरोना संक्रमण गर्न उच्च संयन्त्र नरहेको उनले बताए ,यो सरकारको जिम्मा हो सरकारको काँधमा छ सरकारले गर्छ उनले भने ।

