नेकपाका सांसद हरुलाई वालुवाटार बोलाएर छलफल ,
वैशाख १० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्का नेकपाका सांसदहरूसँग बुधबार बिहान ११ बजेदेखि छलफल गरिरहेका छन् ।
छलफलमा प्रधामनन्त्री ओली, अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत नेताहरु सहभागी छन्।
प्रदेश अनुसार फरक-फरक समयमा सांसदहरूसंग छलफल भईरहेको छ ।अध्यादेश जारि विवाद कोरोना संक्रमणविरुद्धको बारेमा छलफल भईरहेको वालुवाटार श्रोतले जानकारी दिएको छ ।
सुदूर पश्चिम प्रदेशबाट शुरू भएकाे छलफल प्रदेश नं १ र वागमती प्रदेश हुँदै क्रमश सातवटै प्रदेशका सांसदहरूसँग सुरु भई भाेलिसम्म गरिनेछ ।
सरकारले दल विभाजनसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले नेकपामा विवाद ल्याएको र बजेट अधिवेशन बोलाउने बेला भएको अवस्थामा प्रधानमन्त्रीले सांसदहरूसँग छलफल गर्नु उचित नभएको बताईएको छ ।

