Gold
Bangad salyan

कोरोना संक्रमण हुँदैमा सबैको मृत्यु हुँदैन यो अनिवार्य पढ्नुहोस ,

डा. रवीन्द्र पाण्डे समिर ,

वैशाख १० ,काठमान्डौ – कोरोना संक्रमण हुँदैमा सबैको मृतु हुन्छ कि भन्ने आम नागरिकमा भ्रम र चिन्तित आत्तिनु पर्ने नरहेको ,जन स्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे समिरले बताएका छन्।

विश्वका घटनालाई हेरेर धेरै नेपालि नागरिक चिन्तामा रहकोले सहि सुचना आत्मसात गरि मानसिक तनाब न्यून गर्न डा. पाण्डेले यस्ता उपाय बताएका छन् ।

– कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन , कोरोना संक्रमण भएका १०० जना मध्ये ८५ % साधारण लक्षण देखिएर आफै निको हुन्छ । बाँकी १५ % मध्ये आधा बिरामी अस्पतालको आइसोलेसन वार्डमा सामान्य उपचारपछि निको हुने पाण्डेले बताएका छन् ।

तेस्तै बाँकी ७.५ % लाई आइसीयु वा भेन्टिलेटरको आबश्यकता पर्न सक्छ । सघन उपचारपछि ७.५ % मा आधा निको भएर घर फर्किन्छन् जसमा बाँकी ३ % को मात्र मृत्यु हुन्छ  बालबालिका, युवा तथा बयस्कको मृत्युदर नगन्य छ ।

– जेष्ठ नागरिक तथा प्रौढहरु जसलाई नियन्त्रण नभएको दीर्घ रोग छ,तेस्ता ब्याक्तिमा जोखिमबर्गमा पर्दछन्  ।जस्तै मुटुको रोग, किड्नीको रोग, टाइप – १ तथा Complication भएको मधुमेह, क्यान्सरको 3rd तथा 4th स्टेजका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, कोरोनरी आर्टरी रोग, अनियन्त्रित उच्च रक्तचाप, दीर्घ तथा जटिल स्वाश्प्रश्वासका बिरामी तथा इम्युनोकम्प्रोमाइजड बिरामी जोखिममा पर्छन ।जोखिम बर्गका व्यक्तिलाई बिशेष ख्याल गरि बाहिरी वातावरणबाट बचाउनुपर्दछ ।

– सेल्फ क्वारेन्टाइन, होम क्वारेन्टाइन, परिक्षण, आइसोलेसन, घरको खाना, बातावरणमा घटेको प्रदुषण, हात धोइरहने बानी तथा अन्य सुरक्षित उपायको कारण कोरोना संक्रमणबाट सिकिस्त हुनेको संख्या २० % बाट घटेर ३ % मा पुगेको छ  ।अस्पताल जानुपर्ने बिरामीको रेसियो घटेको छ, नयाँ संक्रमित घट्दै गएका छन् ।

– सहरमा बस्ने नागरिकमा कोरोना संक्रमणको भन्दा बेरोजगारी, भोकमरी तथा परिवार पाल्ने चिन्ता बढेको छ  ।मध्यमबर्गका नागरिकको आय / व्ययको सन्तुलन बिग्रेर चिन्तित छन् भने धनी व्यक्तिहरु आफ्नो ब्यबसाय धरासायी भएकोमा चिन्तित छन्  ।

अर्थात हरेक बर्ग चिन्तामा छन् , त्यो चिन्ता पनि समयले निको गर्ने र जब कोरोना संक्रमण नियन्त्रणमा आउनेछ, क्रमसः आर्थिक गतिबिधि बढ्ने पाण्डेले बताए ।

– कोरोना संक्रमणले कृषि पेशालाई सबैभन्दा महत्वपूर्ण पेशा बनाई बाँझो जमिनमा मोतिका दाना फलाई कृषि तथा पशापंक्षी पालन गर्ने तथा त्यसलाई बजारीकरण गर्ने नयाँ बर्गको उदयगरि देश आत्मनिर्भरको गोरेटोमा हिड्नेछ आफैलाई धनि बनाउने छ।

– विश्वव्यापी रुपमा कोरोना संक्रमण बिरुद्धको खोप मान्छेमा परिक्षण गर्ने चरणमा छ ।अनुसन्धानले दावी गरेका छन् कि सयौं प्रयोगशालाले छिट्टै खोप प्रमाणित गर्नेछन ।

खोप आएपछि कोरोना भाइरस हामीबाट इतिहास बन्नेछ । त्यस्तै अहिले संक्रमणको चपेटामा परेका देशहरुले कोरोनाका बिरामीलाई इबोला, एचाइभी \एडस्, मलेरिया तथा जापानी इन्फ्लुएन्जाको औषधि चलाएका छन्  ।यो उपचारबाट लाखौँ संक्रमित निको भएर घर फर्किएका छन् ।

– भारतको MAX लगायतका अस्पतालले प्लाज्मा थेरापीबाट कोभिड-१९ का गम्भीर बिरामीलाई निको गरिरहेका छन्  ।प्लाज्मा थेरापी संसारभर प्रयोग गरिएको बिधि हो ।यो थेरापी नेपालका अस्पतालहरुमा पनि गर्न सकिन्छ । यो सस्तो तथा प्रभाबकारी छ ।

– घरमा बस्ने, सरसफाइको ख्याल गर्ने, हल्का व्यायाम गर्ने, योग तथा ध्यान गर्ने, चिन्ता र तनाब नलिने व्यक्तिलाई कोरोना संक्रमणको जोखिम नगन्य हुन्छ ।

– नेपालमा हालसम्म ४५ जना व्यक्तिमा मात्र कोरोना संक्रमण देखिएकोमा ७ जना निको भएर घर फर्किएका छन् । अरु संक्रमितको अवस्था सामान्य छ । कसैलाई पनि आइसीयु / भेन्टिलेटरमा राख्नुपरेको छैन । ती मध्ये आधिभन्दा धेरै भारतीय हुन् ।