कुहिएको दाल राहतको लागि वितरण गर्ने मेयर सहित १२ जना धरौटीमा रिहा ,
वैशाख ११ ,बारा -कुहिएको दाल राहतको लागि वितरण गरि पक्राउ परेका मेयर सहित १२ जना धरौटीमा रिहा भएका छन् ।
कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १२ जना बुधबार राति धरौटीमा रिहा भएका हुन् ।
लकडाउनको बेला कोरोना त्रास महामारीको बेला राहतको नाममा गरिब निम्न वर्गलाई गुणस्तरहीन दाल ,खाद्याना वितरण गरेको भन्दै सामाजिक संजालभरि विरोध भईरहेको थियो ।
प्रहरीले कुहिएको दाल ,चामल ,सोयाबिन जस्ता खाद्यान्न चिज वितरण गर्ने र बेच्ने विभिनन स्थानबाट १२ जनालाई पक्राउ गरेको थियो ।
तेस्तै मेयर यादवले चार वर्ष अघि पुरानो ५० क्विन्टलभन्दा बढी दाल नजिकका वडाध्यक्षहरूसित मिलेर विक्री गरेका थिए र त्यो दाल राहत बाँडिएको थियो ।
प्रहरीले उक्त प्रकरणमा संलग्न सबैमाथि खाद्य ऐन २०३२ अन्तर्गत कालोबजारी कसुरमा मुद्दा पेस गरेको थियो।
प्रजिअको आदेशमा प्रहरीले दाल बरामद गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाएकोमा परीक्षणमा गुणस्तरहीन पुष्टि भएको थियो।
बाँडिएको बाहेक कोल्डस्टोरमा भण्डारण गरिएको बाँकी ३२ हजार किलो (३२ टन) दाल प्रहरीले सिल गरिसकेको छ।
जिल्ला न्यायाधिवक्ता थापाका अनुसार मेयर यादव र दाल व्यापारी तेजकरण जैनले जनही २ लाख ८१ हजार रुपैयाँ धरौटी तिरेका छन्।
वडाध्यक्षहरू १ नम्बरका हरिओम सोनार, ७ का सर्फुल्लाह अन्सारी, ११ का सर्वनारायण चौधरी, १३ का राजनप्रसाद कुर्मी, २६ का महेश साह, २७ का हक, २० नम्बर वडा सचिव खेदु मियाँ अन्सारी, मेयरका भाइ रवीन्द्र, कोल्डस्टोरका कर्मचारी कृष्ण यादव र बच्चुले जनही ६० हजार धरौटी तिरेर छुटेका हुन् ।

