कतारको बन्दिगृहमा रहेका १७ नेपालिलाई आम माफी ,
वैशाख १२ ,काठमान्डौ – कतारमा विभिन्न आरोपमा पक्राउ परेका १७ नेपालीले आम माफी पाएका छन् ।
विश्वमा महामारीको रुप कोभिड १९ लाई मध्यनजर गर्दै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई समेत ध्यानमा राखी केही कैदीलाई आममाफी दिने घोषणा गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।
लागू औषध कारोबारजन्य कसूरमा सजाय भोग्दै आएका १३, चोरीमा संलग्न दुई तथा मादक पदार्थ कारोबार र ठगीको कसूरमा सजाय भुक्तान गरिरहेका एक-एक नेपाली रिहा हुनेछन् ।
तेस्तै नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका प्रधानमन्त्री संग हिजो टेलिफोन संवाद गरेका थिए ।

