राष्ट्रपतिले दुवै अध्यादेश खारेज गरिन ,
वैशाख १२ ,काठमान्डौ – सरकारले ल्याएको दल विभाजन विवादित दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा खारेज गरेकी छिन ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरूखारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै राष्ट्रपति भण्डारीले खारेज गरिदिएकी हुन्।
सरकारले यही वैशाख ८ गते सोमबार राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याएको थियो ।


