नेपालमा अलकाडाउन कि ? मोडल परिवर्तन ,
बैशाख १३ ,काठमान्डौ – कोरोना संक्रमण रोकथाम तथा रोकथामको लागि सरकारले गरेको लकडाउन जारि सम्पति हुन अब दुई दिन बाँकी छ ।
लकडाउन थप्नेकी खुकुलो बनाउने भन्ने बारेमा शनिबार बिहान ११ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।
समग्र अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको स्वरुपबारे निर्णय लिइने उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिए ।
अहिले सम्मको समीक्षा गरेर प्रधानमन्त्रीलाई भेट्ने र लकडाउनको मोडालिटीबारे सरकारले टुंगो लगाउने उपप्रधान तथा रक्षामन्त्री पोखरेलले बताए ।
अहिलेसम्म लकडाउन खुकुलो बनाउने सरकारको नीति नभएको उनले बताए । भारतमा भने आजदेखि लकडाउन खुकुलो पार्ने बताईएको छ ।
भारतलाई हेरेर नेपालमा पनि लकडाउनको मोडल परिवर्तन हुने प्रधानमन्त्रीले जनाएका छन् ।

