नेपालमा अहिले सम्म १२ जना कोरोना संक्रमित निको भएर घर फर्कीए ,
बैशाख १३ ,काठमान्डौ – नेपालमा आहिले सम्म १२ जना ओरोना संक्रमित निको भएर घर फर्कीएका छन् । ,
४९ संक्रमित मध्ये शनिबार सम्म १२ जना उपचारपछि निको भएर घर फर्किएका स्वास्थ्य मन्त्रालयले बताएको छ ।
भरतपुर अस्पतालमा उपचाररत २७ वर्षिय पुरुष शनिबार निको भएर घर फर्किएका छन् ।
हिजो शुक्रबार पनि धौलागिरी अस्पतालबाट १९ वर्षिया युवती उपचारपछि निको भएर घर फर्किएकी थिइन् ।
तेस्तै पछिल्लो चरणमा झापामा एक जना कोरोना संक्रमित देखिएका छन् ।
झापाको दमकका ६२ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

