अपहरणको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु प्रहरी कार्यालय पुगे,
बैशाख १४ काठमान्डौ – अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण को मुद्दा दर्ता गर्न पुगेका हुन् ।
सांसद एवं पूर्व स्वास्थ्यमन्त्री डा . सुरेन्द्र यादवसँगै जनता समाजवादी पार्टीका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सांसदद्वय महेश बस्नेत किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनाल्ले सांसद एवं पूर्व स्वास्थ्यमन्त्री डा . सुरेन्द्र यादव्लाई अपहरण गरेको भन्ने चर्चा भईरहेको छ ।

