Gold
Bangad salyan

ओली नेपाल वान टु वान वार्ता भोलि सचिवालय बैठक बोलाईयो ,

बैशाख १५ काठमान्डौ – प्रधानमन्त्री ओली र वरिस्ठ नेता माधवकुमार नेपालको छलफल सकिएको छ । छलफल पछि भोलि मंगलबार सचिवालय बैठक बस्ने र नेकपाका शिर्ष नेताहरुलाई बोलाउने निष्कर्षमा पुगेका छन् ।ओली नेपालको छलफललाई निकै चासोका साथ हेरिएपनि कुनै टुंगो नलागेको एक नेताले बताए।

नेता नेपालले बैठकमा एक व्यक्ति, एक पदको नीति दृढतापूर्वक लागु गर्ने अडान लिएपछि कुनै समहति जुट्न नसकेको उनले बताए।

छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए।

नेपालका तर्फबाट नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी थिए। कसको गल्ती कँहा छ भोलि बैठक बसालौ बैठकमा कमजोरी हटाउने, भोली नै सचिवालयको बैठक र पर्सी स्थायी कमिटी बैठक गरौं। त्यहाँ खुलस्त छलफल गरौं त्यही निष्कर्ष निकालौं भिम रावलले भने ।