Gold
Bangad salyan

बेलाटारीका प्रमुख प्रहरी निरीक्षक खुमानन्द पान्डेको सक्रियतामा तस्करहरुको मदिरा माल समान धामाधम पक्राउ ,

बैशाख १८ नवलपरासी- नवलपरासी पश्चिमको ईलाका प्रहरी कार्यालय बेलाटारीको गस्ती टोली यतिखेर सक्रिय रूपमा परिचालन भएको छ ।

बिश्वभरी फैलिएको कोभिड १९ कोरोना भाइरसको उच्च जोखिमलाई न्यूनीकरण गर्नका लागि देशमा सरकारले लकडाउन जारि राखेको छ ।

लकडाउनको मौका छोपेर स्थानीय तस्करीहरुले घरेलु मदिरा र कम्पनी उत्पादन मदिरा छिमेकी राष्ट्र भारत तर्फ अवैधरूपमा लैजादै गरेको पाईन्छ ।

तस्कर् हरुको साथबाट नेपाल भारतको विभिन्न सिमा नाका बाट मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी निरीक्षक खुमानन्द पाण्डेको नेतृत्वमा खटिएको गस्ती टोलिले जिल्लाको प्रतापपुर गाँउपालिका वडान ७ जगरनाथपुरमा राती अज्ञात ब्यक्तिहरुले लैजादै गरेको २०० दुई सय लिटर घरेलु मदिरा र ५ कार्टुन फायर,स्टार नामक रक्सि र त्यसैगरि भारतवाट नेपाल तर्फ ल्याउदै गरेको २० केजि सुर्ती समेत प्रक्राउ गरेका छ्न।

 

 

करिब ५० हजार बराबरको मदिरा बरामद गरि महेशपुर भन्सार कार्यालय नवलपरासीलाई बुझाएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी गराएका छन ।

नेपाल भारतको सिमामा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन हुँदा पनि तस्करीहरुले एक किसिमको सुरक्षाकर्मीलाई चुनौती दिइरहेका छन ।

रातीको समय र दिउँसो र बिहानको समयलाई मौका छोपी मदिरा,खाद्यान्न सामग्री,किराना पसलका सामग्री र लागु औषध जस्ता सामानहरु नेपाल भारतको नाका पार गरि तस्करी हुने गरेको सिमाका स्थानीय बासीहरुले गुनासो गरेका छ्न ।

स्थानीयकै स्रोत अनुसार र तिब्ररूपमा गस्ती टोलि परिचालन गरेपछि तस्करहरुको भागाभग मच्चिएको छ। प्रहरीको सक्रियता देखेर स्थानीय बासिहरुले सुरक्षीत महसुस समेत गरेका छ्न।

रविन्द्र यादव नवलपरासी पश्चिम,