लकडाउनलाई केहि खुकुलो पार्ने सरकारको संकेत ,
वैशाख १९ काठमान्डौ – वैशाख २५ पछि लकडाउन केहि खुकुलो बनाउने सरकारको तयारि रहेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् ।
शुक्रबार बसेको विधान व्यवस्थापन समिति बैठकमा नागरिकलाई दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् ।
कृषि, उद्योगधन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए ।
लकडाउनलाई केहि खुकुलो पार्ने सबै ठाँउबाट सुझाव आएपछि तेस्को स्वरुप कस्तो बनाउने भन्ने गृहकार्य अगाडि बढिरहेको उनले बताए ।
लकडाउन्ले गर्दा बाटोमा अलपत्र परेका नागरिकलाई सम्बन्धित जिल्लामा पुर्याउने काम भईरहेको र यापिड डाइग्नोष्टिक परीक्षण जारी रहेको ढकाल् ले बताए ।
कोरोनाका कारण दिर्घरोगी र अन्य बिरामीहरु अस्पतालबाट पाउने सेवाबाट बञ्चित भएको अवस्थालाई मध्यनजर गर्दै बिरामीहरुलाई अस्पतालसम्म पु¥याउन पनि लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने उनले बताए ।

