ओली प्रचण्ड एकै साथ ,
वैशाख २० काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारि छ ।
अघिल्लो बैठक र यो बैठकमा भने केहि फरक देखिएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको बस्ने कुर्सी राखिएको छ ।
अघिल्ला दुई बैठकमा अध्यक्ष दाहालको कुर्सि सचिवलायका अन्य सदस्यतर्फका साइडमा राखीएको थियो ।
नेकपाभित्र आन्तरिक विवाद बढ्दै गएपछि पार्टी नै विभाजन हुने अवस्था देखिएपछि पछिल्लो समय नेताहरुबीच गम्भीर छलफल जारी छ ।
त्यसपछि नेकपाको विवादले नयाँ मोड लिएको छ । आजको बैठकअघि प्रधानमन्त्री ओलीले गौतम, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए ।
तेस्तै आज ४ बजे राखेको सचिवालय बैठक पछि सारेर प्रधानमन्त्री ओली रास्ट्रपति विद्या देवी भण्डारीलाई भेट्न शितल् निवास पुगेका छन् । उनीहरुबीच के छलफल भयो भन्ने कुरा आइसकेको छैन ।

