निको भएर घर फर्केका कोरोना संक्रमितलाई फेरी आईसोलेसन वार्डमा ल्याईयो,
वैशाख २१ काठमान्डौ – एक साता अगाडी नारायणी अस्पतालबाट कोरोनामुक्त भई डिस्चार्ज भएका रौतहटका एक युवकलाई पुन : आईसोलेसनमा ल्याईएको छ ।
रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि शनिबार राति साढे ७ बजेतिर उनलाई घरबाट नारायणी अस्पतालको आइसोलेसन वार्डमा ल्याइएर राखीएको हो।
भारतीय मुस्लिम धर्म प्रचारक ति युवक गत आईतबार निको भएर नारायणी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
बैशाख १ गते कोरोना पुस्टि भएपछि उपचार पछि १४ गते उनि डिस्चार्ज भएका थिए । डिस्चार्जपछि ती युवक एक सातादेखि घरमा आफन्तसँग बस्दै आएका थिए ।उन्लाई आफन्तले एम्बुलेन्समा लगेर गएका थिए ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप परीक्षण गर्नुपरेकाले आइसोलेसन वार्डमा ल्याइएको बताए ।
अस्पताल स्रोतका अनुसार डिस्चार्ज भएका ती युवकको थ्रोट स्वाब रि–चेक हुँदा पोजिटिभ आएको थियो ।
डिस्चार्ज भएको दुई दिनपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले युक्त युवकको पुन :स्वाब संकलन गरि पठाउने भनेपछि चिकित्सकको टोलि गाँउमा पुगेको थियो ।
युवक सहित परिवारका १३ जनाको स्वाब लिएपछि सदस्यको रिपोर्ट नेगेटिभ आएको अस्पताल श्रोतले जनाएको हो ।

