नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि ,
वैशाख २१ काठमान्डौ – नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ,।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो ।
यो भन्दा पहिलेनै नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सगै नेपालमा कोरोना संक्रमित ७५ पुगेको छ । हाल सम्म १६ जना निको भएर घर फर्केका छन् ।

