लाटो देशको गाँडो तन्नेरी महावीर पुन ,
वैशाख २३ ,काठमान्डौ – रास्ट्रिय आविस्कार केन्द्रका वैज्ञानिक महावीर पुनलाई बिहानै एक कुराले अचम्म बनायो ,।
बिहानै ८ बजे एक कामले बाटोमामा हिडिरहेको बेला घर नजिक दुई जना महिलाले कुरा गर्दै गरेका थिए ।
पुनलाई देखेपछि अन्दाजी ४० वर्षकी ति मध्ये एक महिलाले भनिन दाई कता गएर आउनु भयो तपाईं त ठ्याक्कै महाबीर पुन जस्तै रहेछ।
पुनले हास्दै जवाफ दिए हो नि बहिनि महावीर पुन म, तर उनले पत्याइनन तेस्पछि ति महिलाले थप भनिन मान्छे उस्तै भएर मात्र भएन नि, दिमाग पनि महाबीर पुनको जस्तै धेरै हुनु पर्छ नि दाई।
तेस्पछि पुन “दिमाग ता धेरै छैन नि बहिनी” भनेर हास्दै बाटो लागे,
पुनले भनेका छन्, हो म संग धेरै दिमाग पक्कै छैन यो संग धेरै दिमाग छ कि भनेर भर्म नपर्नु होला ।म भन्दा बढी तपाई हरुको दिमाग छ फरक यति मात्र हो मैले गरेको काम तपाईले गर्ने आँट नगरेर मात्र हो।
मैले गरेका ति कामहरु मैले जानी नजानी जबर्जस्ती मुर्ख्याईका साथ् गर्ने मेरो बानी भएको हो म “लाटो देशको गाँडो तन्नेरी” जस्तो भएर “जान्ने सुन्ने” भएको मात्र हुँ पुनले अगाडी भने मैले गर्ने सबै कामहरु जनताको आबश्यकतालाई हेरेर मात्र गर्दछु।
त्यसैले तपाईंहरुले राम्रो राम्रो आईडियाहरु लिएर राष्ट्रिय आविष्कार केन्द्रमा आउनुहोस र सबै मिलेर काम गरौँ केहि बनाएर बजारीकरण गरौँ ।यसरी अनुसन्धान तथा बिकास द्वारा नेपाललाई समृद्ध बनाऔ पुनले भनेका छन् ।

