प्याब्सन यो वर्ष एसईई परीक्षा नगरौ ,
वैशाख २३ ,काठमान्डौ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ ।
प्याब्सनले मंगलबार विज्ञप्ति निकाल्दै भनेको छ विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सन केन्द्रीय कार्य समिति उपयुक्त ठहर गर्दछ, ।
तेस्तै यो कार्यको लागि कानूनी अड्चन फुकाउनसमेत सरकारसँग आफूहरूले आग्रह गरेको र ०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताएकि छिन ।


