Gold
Bangad salyan

कपिलवस्तुमा दुई जनामा कोरोना संक्रमण पुस्टि ,

वैशाख २५ ,काठमान्डौ – कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।