प्रधानमन्त्री ओलीको वालुवाटारमा स्वाब संकलन ,
वैशाख २६ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार आज बिहान नमुना संकलन गरिएको छ ।
प्रधानमन्त्री ओलीले आज स्वाब दिएको वालुवाटार श्रोतले बताएको छ ।अन्य सांसदको तस्विर बाहिरिएपनि प्रधानमन्त्री स्वाब संकलन गरिएको तस्विर बाहिरिएको छैन ।
आज ४ बजे देखि सुरु हुने संसद बैठकअघि पनि सांसद, कर्मचारी तथा सुरक्षाकर्मीको हिजो देखिनै स्वाव लिइएको छ ।
प्रतेयक सांसदले कोराना परीक्षणको रिपोर्ट अनिवार्य देखाउनुपर्ने छ । कोरोना परीक्षण नगरी संसदमा प्रवेश गर्न नपाइने भनिएको छ ।

