नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण फेला ,
वैशाख २६ ,काठमान्डौ – नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण फेला परेका छन् ।
भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यो संगै नेपालमा कोरोना संक्रमित १०२ पुगेको छ ।

