प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिकलाई अभद्र व्यवहारको मुद्दा,
वैशाख २७ ,काठमान्डौ – प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ ।
हिजो शुक्रबार सिंहदरबार गेट अगाडी आफु हरुसंग पैसा नभएको र आफ्नो देश फिर्ताको माग गर्दै आन्दोलन गर्दा चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको थियो ।
झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतको टाउकोमा चोट लागेको थियो। तेस्तै झडपमा चिनियाँ नागरिक र अन्य प्रहरीपनि घाईते भएका छन् ।
चिनियाँ नागरिकले प्रहरीको बर्दी पनि तानेका थिए ,भने प्रहरीले नागरिकलाई लाठ्ठी पनि प्रहार गरेको थियो ।
ति चिनियाँ नागरिक करिन चार ,पाँच महिना अघि नेपाल कामको लागि आएक थिए । कोरोना र लकडाउनका कारण उनीहरु यतै रोकीएका थिए ।
सिंहदरबार अगाडिबाट पक्राउ परेका ४७ जना मध्ये ४३ जनालाई शुक्रबार राति नै छोडिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्र राठोरले जानकारी दिए ।चार जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने प्रहरीले तयारि गरेको हो ।

