भुल्केमा थप एक जनामा कोरोना पुस्टि ,
वैशाख २७ ,विराटनगर – उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा थप एक जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।
कोसी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब नमुना परीक्षणमा ३४ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले जानकारी दिइन् ।
यससँगै शनिबार थपिएका संक्रमितको संख्या ८ पुगेको छ । शनिबार बिहान मात्र उदयपुरका तीन, कपिलबस्तुका तीन र पर्साका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तीनैजना महिला विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र भर्ना भएका छन् । संक्रमण पुष्टि भएका १८,४५ र ६५ वर्षीय महिलामा शनिबार दिउँसो अस्पताल भर्ना भएको मेसु मिश्राले बताईन ।

