नेपालमा अर्को प्रहार चिनियाँ मिडियाले लेख्यो सगरमाथा चीनमा पर्छ,
वैशाख २८ ,काठमान्डौ – नेपाललाई अर्को दुखद र रास्ट्रमा आँच पुर्याउने काम चीनको मिडियाले गरेको छ ।
भारतले नेपालि भूमि कालापानी लिम्पुयाधुरा मानसरोवरमा सडक खनेर उद्घाटन समेत गरेको छ।
जसको अहिले नेपालमा विरोध भईरहेको छ भने सरकारले कुटनीतिक माध्यामबाट तत्काल समधान गर्ने बताएको छ ।
तेस्तै आज मात्र चीनको एक सन्चार माध्यमले सर्वोच्च शिखर सगरमाथालाई चीनमा पर्ने उल्लेख गरेको छ ।
चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको हो ।
सीजीटीएनको आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथा क्षेत्रका केही तस्वीर राखेर लेखेको छ चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिएको छ ।
सीजीटीएनले गलत सूचना लेखेको भन्दै सामाजिक संजालमा अहिले विरोध भईरहेको छ उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिइरहेका छन् ।
चाइना मोबाइल र हुवावे कम्पनीले सगरमाथाको तिब्बतर्फको पाखोमा फाइभ जी इन्टरनेटको बेस स्टेसन निर्माण गरेका छन् ।
६ हजार ५ सय मिटरको उचाइमा निर्मित यस स्टेसनलाई विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेसन भनिएको छ ।
हालै हुवावेले फाइभ जी स्टेशनका लागि चाहिने उपकरणहरु याक र चौंरीबाट ढुवानी गरिरहेको भिडियो सार्वजनिक गरेको थियो ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ ।
त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् । सगरमाथाको उत्तरी मोहडा मात्र चीनतर्फ पर्दछ ।
In pictures📷: An extraordinary sun halo was spotted Friday in the skies over Mount #Qomolangma, also known as Mount Everest, the world's highest peak located in China's #Tibet Autonomous Region pic.twitter.com/wATFz4DXzI
— CGTN (@CGTNOfficial) May 2, 2020

