नवलपरासीमा लागू औषध सहित दुई जना पक्राउ ,
वैशाख २८ ,नवलपरासी पश्चिम – प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा न ५ बसहिया बाट लागू औषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
बसहिया प्रहरी चौकीको गस्ती टोलीलाई देखेर उत्तरतर्फ आउदै गरेका प्रहरी गस्ती टोलीलाई देखेर पैदल भाग्दै गरेका बर्दघाट नगरपालिका वडा नं ६ बस्ने बर्ष २८ का विजय चौधरीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका चौधरीबाट चेक जाँचका क्रममा अनरेक्स सिरफ ४ बोतल , नाइट्रोभेट – ५ फाइल (प्रति फाइल १५ चक्की) स्पास्मो ५४ फाइल ( प्रति फाइल ८ क्याप्सुल) लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी बिरेन्द्र थापाले बताए ।

लागू औषध फेला परेको ठाउँ र विजय चौधरीको सम्पर्कमा अाएका सोही ठाउँ बस्ने बर्ष २५ का सुनिल चौधरीलाई समेत नियन्त्रणमा लिई अनुसंधान भइरहेको थापाले बताए । लकडाउनको मौका छोपी लागू औषधको असारसारपसार बढेको हो ।
लकडाउनको अवधि सम्म जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले आठ जना माथि लागू औषधको ओसारपसारको गरेको भन्दै मुद्दा चलाएको थापाले जानकारी दिए ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम,

