भारतमा रहेका नेपालिलाई भित्र्याउन माग गर्दै महाकाली नगरपालिकाको प्रहरी कार्यालय घेराउ ,
वैशाख ,२९ ,काठमान्डौ – भारतमा रहेका नेपालीलाई फिर्ता गर्न माग गर्दै माहाकाली नगरपालिका ईलाका प्रहरी कार्यालय स्थानीयले घेराउ गरेका छन् ।
लकडाउनले भारतमा अलपत्र परेका नेपालि नागरिकलाई सरकारले वेवास्ता गरेको र अत्यन्तै दुख कस्टमा परेका छन् ।
उनीहरुलाई तत्काल स्वदेश ल्याउन माग गर्दै महाकाली महानगरपालिकाको ईलाका प्रहरी कार्यालय घेराउ गरिएको हो ।
स्थानीयले नेपाल सरकार मुर्दावाद ,भारतका नेपालि स्वदेश फर्काउ, नेपालि नागरिक हाम्रा हुन् जस्ता नारा लगाएका छन् ।
नारा लगाउनेमा ठुलो संख्यामा महिलाहरी सहभागी भएको देखिन्छ । कोरोना संक्रमणको महामारी नेपालमा आउन नदिन नेपाल सरकारले नेपालमा लकडाउनलाई जेठ ५ गते सम्म लम्ब्याएको छ ।
तेस्तै भारतमा पनि लकडाउनको समय लम्बिदै गएको । भारतमा मज्दुरु गर्दै गरेका नेपालिहरु कम्पनि बन्द भएपछि र लकडाउनले खान बस्न नपाउदा विचल्लीमा छन् ।
भारत सरकारले पनि नेपालिलाई आफ्नो देश फर्कन आग्रह गरेपछि उनीहरु झनै बिचल्लीमा छन् ।
भारतको विभिन्न स्थानबाट पैदल हिडेर नेपालको सिमानाकामा आइपुगेका नेपाली नागरिकलाई सरकारले प्रवेशमा रोक लगाएको छ ।
नेपाल भारतको सिमानाका महाकालीपारि ,दसगजा ,रुपैडिहा,विराटनगर ,धनुषा ,विरगंजमाका विभिन्न नाकामा नेपालि अलपत्र छन् ।
तेस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै अहिले भारतबाट नेपाली नागरिकलाइ ल्याउन नसक्ने बताएका छन् ।
नेपालि नागरिकसंगै भारतका नागरिकपनि भित्रिने हुनाले सिमानाकामा थप कडाई गर्न ओलीले निर्देशन गरेका छन् ।

