नेपालमा थप १३ जनामा कोरोन पुस्टि ,
वैशाख २९ ,काठमान्डौ – नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र वुद्धभूमि नगरपालिका, ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
तेस्तै रुपन्देहीको समरीमाई गाउँपालिका,७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ,६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुपमा कोरोना पुष्टि भएको हो ।
यसैगरी बर्दियाको राजापुर ५ का ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा आज मात्र २४ जनामा कोरोना संक्रमण पुस्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ।

