Gold
Bangad salyan

सीमाबारे जताभावी नाबोल्नुहोस प्रधानमन्त्री ,

वैशाख ३० ,काठमान्डौ – पधानमन्त्री केपी शर्मा ओलीले सिमाको बारे आफूखुसी जता भावी नबोल्न आग्रह गरेका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले सीमाबारे मन्त्रीहरूले आफूखुसी बोल्ने गरेपछि असन्तुष्टि जनाएका हुन्।

प्रधानमन्त्री ओलीले सीमा समस्या कूटनीतिक तवरबाट नै हल गर्ने विषय भएको र जसको लागि पहल पनि भईरहेको उनले बताए।

भारतले कालापानी लिपुलेख हुँदै मानसरोबर जोड्ने सडकको उद्घाटन गरेपछि नेपालमा चर्को विरोध भईरहेको छ ।

सिमा आतिक्रमण भएपछि सांसदहरुले विभिन्न प्रतिक्रिया दिने गरेका छन् ।

तेस्तै सिमामा नेपाली भुमि अतिक्रमण गरेको भन्दै आन्दोलन गरिरहेका कृष्ण पहाडी लगायतको समुहलाई आज प्रहरीलेले पक्राउ गरेको छ ।