Gold
Bangad salyan

लिम्पियाधुराको नक्सा कसैले पनि पढ्न पाएनन मैले पनि पढेन प्रधानमन्त्री ओली ,

हिजो का राजा महाराजाले के हेरे कति सरकार बने ,

जेठ १ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का प्रधानमन्त्री केपी शर्मा ओलीले सिमा नँया विवाद नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको सिमाना मिच्चिनु ,कालापानीमा भारतीय सेना बस्नु आजको समस्या नरहेको बताए ।

आफुले आज सम्म लिम्पुयाधुरा सहितको नक्सा कसैले नपढेको र आफुले पनि नपढेको जानकारी गरे ।

मकहाली सम्बन्धि सन्धिको विवाद हुँदा आफैले यौटा अध्यन कार्यदल बनाएर हेर्दा लिम्पियाधुराबाट महाकाली नदिको उद्गम रहेको र लिम्पियाधुरा भन्दा पुर्वबाट उद्गम भएको कालीनदि त्यसको पुर्वको भाग नेपालको रहेको ओलीले बताए ।

तेस्तै महाकालीनदि सिमाना रहेको पनि ओलीले बताए । काली वारी र काली पारि भन्ने विवाद पनि गर्नसकिने कालीनदीमा नेपालका राजा र तिनका सन्तानले दबाब गर्ने छैन्न भन्ने कुरालाइ लिएर कालीनदि सिङ्गै हाम्रो हो भन्न सकिने ठाँउ पनि रहेको तर यथार्तमा तेस्तो नरहेको उनले बताए ।

सन् १९१० मा टनकपुरको सिचाई बाँध भत्कीएर भारत तर्फ जाने भत्कीएपछि १९१६ मा ब्रिटिस रेजिडेन्टले नेपाल सरकारलाई पत्र लेखेको छ ।

तेस्तै १९२० मा जब सम्झौता भयो सन् १९२८ मा बाँध बनेपछि फेरी सरदा नदीबाट पानि गएको उनले बताए ।

७९ /८० मा टनकपुर बाँध बाँधीएपछि  बल्ल ८९ /९० नेपालको देब्रे तटबन्ध बाँधिन थालेको तेस्पछि कसरि बाँधियो नेपालको भुमिमा कसरि काम भईरहेको छ भन्ने कुरा थाहा भएपछि मात्र विवाद उठेको ओलीले बताए ।

तेस्पछि आफुले छानबिन गर्दा कालापानीमा भारतीय फौज रहेको पत्ता लागेको पनि उनले बताए । आफुहरुले तेस्को सेटल गर्न नसकेको पनि उनले बताए ।

बिचमा विभिन्न सरकार बन्दापनी कसैले यसको आवाज नउठाएको बताए । यो रास्ट्रको समस्या रहेको रास्ट्रको भुमि सम्बन्धिको विषय हो यो गम्भीर विषय होला गम्भीर विषय हो भने नेताहरुले तेही अनुरुप बोल्नपर्ने पनि ओलीले बताए ।

ओलीले प्रतिपक्षि दलका नेता शेर बहादुर देउवा ,समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले जुन प्रतिक्रिया दिएका छन् ति सबै अर्थपूर्ण रहेका र अलि तौलको हिसाबले बोल्न पर्ने बताए ।

लिम्पियाधुरा हुँदै विस्तारै लिपू लेख कालापानीको कुरा बल्झीएको तर यो विषयमा नेपाल सरकारका रहेका हरुले आज सम्म किन बोलेनन किन कुरा उठाएनन र रास्ट्रीय हितको विषयमा नबोलेको ओलीले बताए ।

तिनीहरुले आजसम्म यो त हाम्रो जमिन हो समेत नबोलेको ओलीले बताए । आफ्नो सिमानाको बारेमा बोल्दा सरकार ढलेपनि ढल्थ्यो तर रास्ट्रीय सिमाको बारेमा कसैले नबोल्केओ उनले बताए ।

हिजोको दिनमा आफु पनि नाका बन्दि खोल्दा ,नेपाललाई नँया उचाईनामा पुर्याउँदा ढलेको  देश र जनता भन्दा सरकारमा म ढल्छु कि भन्ने कुरा महत्वपुर्ण नहुने पनि ओलीले बताए ।

सिमा जोगाउनको लागि भक्ति थापा तोपको मोहमरिमा उडेको ,वलभद्र कुवर पानि नखाएर सिमानाको लागि लडेको ,भक्ति थापा ७४ वर्षको उमेरमा तरवार समातेर मैदानमा उत्रीएको पनि ओलीले बताए ।

तेसैले आफ्नो ज्यान भन्दा रास्ट्र प्यारो छ भनेर लड्नुपर्ने पनि उनले बताए । आफुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गर्नसक्ने र विभिनन लेवल तहमा कुरा गर्न सकिने पनि ओलीले बताए ।

तर तथ्य प्रमाणमा कुरा गर्दा पुराना नक्सा रहेको लेवी तिरेका प्रमाण ,जनगनना गरेका ब्याक्ति समेत रहेकाले अफ्तेरो नपर्ने उनले बताए ।

कतिपयले आफुलाई देशभक्ति भन्ने र बाटोमा कराउने आफ्नो हिरोईज्म देखाउने उपलब्धिहिन कुरा गरि वातावरण धमिल्याउने जस्ता उच्च श्रिङ्गखला गर्ने नक्कली कुरा गर्ने जस्ता मान्छेहरुलाई जवाफ दिन नहुने पनि उनले बताए ।