Gold
Bangad salyan

पूर्वी नवलपरासीमा पनि भेटिए कोरोना संक्रमित ,

जेठ १ ,काठमान्डौ – नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका,१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त व्याक्तिमा परिक्षन गर्दा कोरोना संक्रमण फेलापरेको भरतपुर् अस्पातल चितवनले विज्ञप्ति मार्फत पनि जानकारी गरेको छ ।

यो संगै नेपालमा २४६ जनामा संक्रमण फेला परेको छ ।