Gold
Bangad salyan

पर्सामा कोरोना संक्रमित भागे प्रहरीले गोली हान्न पाउने निर्णय पारित ,

जेठ २ ,काठमान्डौ – पर्सामा कोरोना संक्रमित व्यक्ति भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णयमा भनिएको छ अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।

गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए।

प्रहरीले त्यो दिन उनीहरुलाई पक्राउ गरिसकेको छ ।उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो।उक्त बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए।

बैठकमा नारयणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा,प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत सहभागी थिए।