Gold
Bangad salyan

लकडाउन थप गर्ने विषयमा छलफल कडा कि खुकुलो ,

जेठ २ ,काठमान्डौ – लकडाउन थप्ने वा मोडालिटी परिवर्तन गर्ने भन्ने बारेमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले निर्णय सिफारिस गर्ने भएको छ ।

२०७६ चैत ११ बाट सरकारले गरेको बन्दाबन्दि २०७७ जेठ ५ गते सकिदै छ । विश्वमा फैलीएको कोरोना संक्रमण महामारीको असर नेपालमा पनि देखिन थालेको छ ।

शुक्रबार बसेको समितिको बैठकले स्वास्थ्य क्षेत्रका विज्ञहरुसंग छलफल गरेको छ भने अति न्युन जोखिम विश्लेषण रहेका क्षेत्रमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने बारे बताएको छ ।

अहिले नेपालमा दनिक जसो संक्रमित फेला पर्ने गरेका छन् । तर फेला नपर्नु भन्दा संक्रमित फेलापर्नु राम्रो हो भन्दै बैठकमा विज्ञहरुको सुझाव रहेको एक मन्त्रीले बताए।

सरकारले बेलामा गरेको लकडाउनले नेपालमा तेती धेरै संक्रमित फेलापरेनन ,तर लकडाउन लगतारपनि पर्याप्त होईन नागरिकको जीवन कसरि बचाउनुपर्छ भनि छलफल चलिरहेको उनले बताए ।

चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाव दिएका छन् ।

लकडाउन थप हुन्छ तर कडा र खुकुलो कस्तो बनाउने भन्ने समितिले विज्ञहरु संग सल्हालिईरहेका छन् एक मन्त्रीले भने ।

त्यसै गरी समितिले अध्ययन वा अन्य कामको सिलसिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइटमार्फत पठाउने निर्णय पनि गरेको छ ।

लकडाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आईडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रक्रिया पूरा गरी पठाउने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए ।यसमा चार्टड फ्लाइटको खर्च कसले व्यहोर्ने भन्ने विषयमा भने छलफल भएको छैन उनले भने ।