नेपालमा लकडाउन बढाउने तयारी आज ५ बजे मन्त्रिपरिषद बैठक बस्दै ,
जेठ ४ ,काठमान्डौ -नेपालमा सरकारले लकडाउन एक सातासम्म बढाउने निर्णय गरेको छ जसको लागि आज ५ बजे मन्त्रिपरिषद बैठक बस्ने तयारि रहेको छ।
कोरोना रोकथाम तह नियन्त्रणको लागि सरकारले गरेको बन्दाबन्दि को समय भोलि ५ गते मध्यराति १२ बजेबाट सकिदै छ।
पछिल्लो समय नेपालमा लकडाउनको वेवास्ता गरेपछि कोरोन संक्रमित झन् दनिक बढ्दै गएको देखिन्छ।
हिजो मात्र एक जना कोरोना संक्रमितको ज्यान गएको छ भने आज बाँकेको क्वारेईनटाईनमा रहेका एक युवकको मृतु भएको छ।
लकडाउनलाई थप कडाई राखिने पनि सरकारी अधिकारीहरु बताउछन ।आजको बैठकमा कोरोना नियन्त्रण उच्च समितिले विश्लेषण गर्दै थप रणनीति गराउने सरकारलाई सुझाव पत्र बुझाएको छ।
सोहि आधारमा सरकारले अगाडी कदम चाल्ने श्रोतले जनाएको छ। तेस्तै छिमेकी मुलुक भारतले थप २ हप्ता लकडाउन बढाउने निर्णय गरेको छ।नेपालमा सरकारले गत चैत ११ गतेबाट लकडाउन गर्दै आएको छ।

