Gold
Bangad salyan

क्वारेन्टाइनबाट ४५ जना भागेर गाँउमा पसेपछि त्रास ,

जेठ ४ ,काठमान्डौ – कपिलवस्तुको यशोधरा गाउँपालिका वडान ८ मा दुई छुट्टाछुट्टै क्वारेन्टाइनमा बसेका ४५ जना व्यक्ति भागेका छन् ।

भारतबाट र अन्यत्रबाट आएकाहरुलाई क्वारेन्टाइनमा नराखेको भन्दै उनीहरु भागेको बताईएको छ।

शुक्रबार राति वडा नम्बर ८ को खोरियास्थित सरस्वती प्राविको क्वारेन्टाइनका ३० जना र शनिबार सोही वडाको राष्ट्रिय निमाबि सिंहखोरका थप १५ जना समेत क्वारेन्टाइन छोडेर भागेका वडा अध्यक्ष सहाबुद्दिन मुसलमानले जानकारी दिए ।

यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नंं ८ मा मात्रै पाँच जनामा संक्रमण भएको छ ।

हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाउँकै हुन् ।यशोधरा गाउँपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नंं ८ मा मात्रै पाँच जनामा संक्रमण भएको छ । हालसम्म फेला परेका संक्रमित सबै खोरिया गाउँकै हुन् ।

क्वारेन्टाइनमा बसेका व्यक्ति भागेर घर गएपछि स्थानीयमा त्रास बढेको छ । क्वारेन्टाइनका व्यक्ति भागेर घर फर्किनुमा भने सुरक्षा निकायको लापरवाही भएको भन्दै स्थानीयले आक्रोस पोखेका छन्।

यशोधरा गाउँपालिकाका अध्यक्ष गृजेशकुमार पाण्डेयका अनुसार क्वारेन्टाइनबाट व्याक्तिहरु भागेको भन्ने खबर हुनासाथ शुक्रबार नै प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिईएको छ ।

क्वारेन्टाइनबाट भागेकालाई सुरक्षाकर्मी परिचालन गरेर नियन्त्रणमा लिइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।