Gold
Bangad salyan

शिक्षकहरुले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्नपर्ने प्रचण्डको भनाई ,,

Salyan

३ बैशाख, काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिएका छन् ।एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनु होला ।

सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले त्यसका लागि सबैले प्रतिबद्धता गर्नुपर्ने बताए ।साथै निजी विद्यालयहरुका सम्बन्धमा शुल्क घटाउन दवाव सिर्जना गर्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले अहिले निषेध नै गरेर जान नहुँने उल्लेख गरे । ‘निजी क्षेत्रलाई थोरै प्रेसर क्रेट गरौं, उनले भने,’निषेध गरेर पनि हुँदैन

कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पनि शिक्षकहरुलाई स्थानिय विध्यालामा पढाउन निर्देशन दिएका थिए । बिगत केहि वर्ष यता निजि विध्यालामा बच्चा पढाउने को संख्या बढ्दो छ, यसको सिधा असर स्थानीय विद्यालयमा परेको छ ।पहुच हुने र आर्थिक हुने हरुले राम्रो पढाई हुने भन्दै तेता तिर आकर्षित हुने गरेका छन् ।अटर आर्थिक रुपले बिपन्न बर्गका विद्यार्थी हरुलाई र सरकारी विद्याला मा असर परेको भन्दै सबै अनि शिक्षक हरुले  आफ्ना बाल बालिकालाई सामुदायिक विध्यालामा जोड दिन प्रचण्डले निर्देशन दियका छन् ।