Gold
Bangad salyan

ईतिहासमा नभएको काम लिम्पियाधुरा सहितको नक्सा ल्याउने तयारिमा सरकार ,

जेठ ५ ,काठमान्डौ – नेपाल सरकारले लिम्पुयाधुरा लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

नेपालि भुमि लिम्पुयाधुरालाई समेटेर भारतले नोभेम्बरमा नँया नक्सा जारि गरेपछि नेपालमा चर्को विरोध भएको थियो।

हालै मात्र भारतले लिम्पियाधुरा हुँदै मानसरोवर जाने सडक संजाल सुरुगरेपछी नेपालमा चौतर्फी विरोध भएको छ।

नेपाल सरकारले कोरोना महामारीको विषम परिस्थिथिमा नेपालि भूमिमा अतिक्रमण गर्नु दुखद रहेको बताएको छ।

उक्त विषयलाई लिएर सरकारले आज लिम्पियाधुरा सहितको नक्सा ल्याउने तयारि गरेको छ।

सरकारले यो ईतिहासमा नभएको काम गरेपछि नेपालभरी स्वागत गरिएको छ।