Gold
Bangad salyan

प्रतिपक्षको प्रश्न सरकारले नक्सा जारि गर्नु स्वागतयोग्य तर ,

जेठ ६ ,काठमान्डौ – नेकपा सरकारले लिम्पियाधुरा सहितको नक्सा हिजो मात्र जारि गरेको छ।नेपालको भुमि भारतको कब्जामा करिब ६० वर्ष भएपछि नेपालले नक्सा जारि गर्यो।

हिजोको मन्त्रीपरिषद् वैठकले निर्णय भूमी व्यवस्था मन्त्रालयको प्रस्ताव अनुसार ७५३ वटै स्थानीय निकायहरू र प्रशासनिक इकाईहरू तथा भारतद्वारा अतिक्रमित कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरासहितको नयाँ नक्सा स्वीकृत गरेसंगै जारी गरिएको हो ।

नँया नक्सामा ‘उत्तरी पूर्व र पश्चिमी नक्साहरुसहित राजनीतिक र प्रशासनीक प्रवन्ध पनि समेटेको छ ।

यो नक्सा अब नेपालको सबै विसिमका प्रशासनिक प्रवन्धहरुमा लागू गर्ने गरी अगाडि बढाईने छ ।

प्रतिपक्षदलका नेताहरुले नक्सा जारि गर्नुकार्य स्वागत योग्य गरेका छन्। तर कालापानीबाट सरकारले भारतीय सेना हटाउने उनीहरुले सुझाव दिएका छन्।

नक्सा मात्र कोरेर जमिन उसको हातमा छ। उसले जोत्खन गरेको छ यसैले नेपालि भुमि नेपालको पूर्ण हकमा हुनुपर्ने नेताहरु बताउछन।