झापामा र सुनसरीमा गरि थप ११ जना संक्रमितको पुस्टि ,
जेठ ६ ,विराटनगर – झापामा ९ र सुनसरीमा २ गरि थप ११ जना संक्रमितको पुस्टि भएको छ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा झापा केचनकवल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गरिन् ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले सोमबार राति १ बजे परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएका जानकारी दिए ।
कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् । यो संगै नेपालमा संक्रमितको संख्या ३८७ पुगेको छ।

