Gold
Bangad salyan

हवार ह्वारती विदेशबाट नेपालि ल्याउने व्यवस्थापन गर्न नसक्ने कोरोना फैलाउने हुन्छ प्रधानमन्त्री ओली ,

जेठ ६ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले विदेशबाट भने जस्तै गरि नेपालि ल्याउन सकिने अहिले नरहेको संसदमा जवाफ दिएका छन्।

कोरोन महामारीको बेलामा विदेशमा अलपत्र परेका नेपालीको तत्काल उद्दरा गर्नुपर्ने सांसदको जवाफमा प्रधानमन्त्रीले भने जस्तै हवार ह्वारती नेपालि ल्याउन नसक्ने बताए।

हाम्रा नेपाली अलपत्र छन् ,देश आतंकित छ सबैलाई थाहा भएको कुरा हो। विदेशबाट नेपालि ल्याउने तर कस्तो अवस्थामा कुन देशबाट कति ल्याउने भन्ने बारेमा गृहकार्य भईरहेको प्रधानमन्त्री ओलीले बताए।

विभिन्न देशका प्रधानमन्त्री ,रास्ट्रपतिसंग तेहा रहेका नेपालीको बारेमा चासो राख्दै आफ़ुए फोन गरेको र सम्बन्धित निकायले कुनै अफ्टेरो नहुने र विसोस्ता रहन आग्रह गरेको उनले बताए।

ओलीले भने त्यो ठट्टाको विषय होइन लागु हुने कुरा हुन्। नेपालबाट कतार ,अस्ट्रेलिया ,जापान देखि विभिनन मुलुकले आफ्ना १००/ २०० सयको हाराहारीमा नागरिक फिर्ता लागे जस्तो छैन।

हाम्रा नागरिक विदेशमा झन्डै ४० लाख भन्दा बढी विदेशमा छन्। कतारमा मात्र ४ लाख छन्। हाम्रा जहाज तेही ४ – ५ वटा होलान उनीहरुलाई ओसार्दा कति समय लाग्छ अलि अध्यन गर्नुहोस।

तेस्तै उनीहरुलाई ल्याएर क्वारेईनटाइन राख्ने नेपालमा ठाँउ समेत नरहेको उनले बताए। सानो गल्तीले नेपालमा ठुलो मात्रामा कोरोन संक्रमण फैलीएको र नागरिको ज्यान समेत गएको हुनाले सबै सचेत रहन उनले आग्रह गरे।