नेपालले नँया नक्सा जारी गरेपछि भारतमा खैलाबैला मच्चियो ,
जेठ ६ ,काठमान्डौ – नेपालमा लिम्पियाधुरा सहितको नँया नक्सा जारि भए पछि भारतमा खैलाबैला भएको छ।
लिम्पियाधुरा ,लिपूलेख ,कालापानीमा भारको भुमि भन्दै भारतीय संचारमाध्याममा प्रसारण गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्व सरकारले नँया नक्सा जारि गरेर विवाद उत्पनन गराएको संचारमाध्यममा उल्लेख गरिएको छ।
सन् १८१५ मा ब्रिटिश हस्ताक्षरमा उक्त भुमि भारतमा रहेको पनि बताईएको छ।
भारतीय संचारमाध्यामले रास्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नँयानक्सा देखाउदै भारतको भुमि राखेको भन्दै विरोध गरेका छन्।
२ सय वर्ष पहिलेको कुरालाइ ल्याएर नेपालले भारतसंग निहु खोजेको र जसमा चीनले नेपाललाई उक्साएको समेत आरोप लगाईएको छ।
तेस्तै नेपालले नक्सा जारि गरेर हुनेवाला केहि छैन जमिन हाम्रो कब्जामा रहेको भन्दै समेत प्रसारण भईरहेको छ।
केहि हप्ता अगाडी भारतीय रक्षा मन्त्रि राजनाथ सिंहले कैलास मानसरोवरको लागि भारतले नेपालि भूमिमा खनेको ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए। तेस्पछि नेपालमा यसको विरोध भईरहेको छ।

