Gold
Bangad salyan

जागृतिद्धारा नवलपुरका ७ ठाँउमा २० लाख बराबरको मेडिकल सामाग्री हस्तान्तरण ,

जेठ ७ ,नवलपुर – जागृति बाल तथा युवा सरोकार नेपाल र कन्नालन स्विजरल्याण्डद्धारा नवलपुरका १ जिल्ला अस्पताल र ६ पालिकाहरुमा मेडिकल सामाग्रीहरु एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

नवलपुरको जिल्ला अस्पतालमा ८ लाख १० हजार २९ रुपैया, कावासोती नगरपालिकामा २ लाख ८४ हजार २ सय ४६ रुपैया, देवचुली नगरपालिकामा १ लाख ३३ हजार ६ सय ९४ हुप्सेकोट गाँउपालिकामा १ लाख ८९ हजार ७७ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।

तेस्तै विनयी त्रिवेणी गाँउपालिकामा १ लाख ६४ हजार ३ सय २७ रुपैया, बौदीकालि गाँउपालिकामा १ लाख ६४ हजार ३ सय २७ रुपैया, बुलिङटार गाँउपालिकामा १ लाख ८९ हजार ७७ रुपैया गरि कुल १९ लाख ३४ हजार ७ सय ७७ बरावरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

जसमा १६५ सेट पिपिई ५७ थर्म गन, केएन. ९५ माक्स ५२५ पिस, ३३५ प्याकेट टप ग्लोब, ५० प्याकेट सर्जिकल ग्लोब, ६५०० पिस पेपर माक्स, ४०० बोटल स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु रहेको थियो ।

सो सामाग्रीहरु वितरणमा कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुन, प्रमुख प्रशासीकय अधिकृत, स्वास्थ्य शाखाका प्रतिनिधीहरु, जिल्ला अस्पताल मध्यविन्दुमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनाल, व्यवस्थापन समितिका पदाधिकारीहरु, मेडिकल सुपुरिडेन्ट, हुप्सेकोट गाँउपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, विनयी त्रिवेणी गाँउपालिकामा गण्डकी प्रदेश सभाका माननीय साँसद जनकलाल श्रेष्ठ, गाँउपालिकाका अध्यक्ष डम्बरबहादुर जिसी , देवचुली नगरपालिकामा नगर उपप्रमुख पार्वता तिवारी, नगरका प्रवक्ता डिलबहादुर खत्रीको उपस्थिती रहेको थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, संस्थाका संरक्षक होमनाथ जैसी, सल्लाहकार खिमानन्द भुसाल, कार्यसमितिका पदाधिकारीहरुको उपस्थितीमा सो सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

सामाग्रीहरु ग्रहण पश्चात सो सामाग्रीले यो विपद्को घडिमा महत्वपूर्ण सहयोग गर्ने र सो सामाग्रीहरुको उचीत व्यवस्थापनका साथ सम्पूर्ण स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु र अन्य व्यक्तित्वहरुलाई सहयोग पुग्ने बताउनुभयो ।

स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्दा सम्बन्धित पालिकाहरुमा निर्माण हुने क्वारेन्टीन बालमैत्री, किशोरीमैत्री, लैगिँकमैत्री निर्माणको लागि समेत अनुरोध गरिएको छ ।

रविन्द्र यादव ,नवलपरासी पश्चिम ,