Gold
Bangad salyan

बाँकेमा थप २ जनामा कोरोना संक्रमणको पुस्टि ,

जेठ ८ ,काठमान्डौ – नेपालमा बिहिबार राति थप तिन जनामा कोरोना संक्रमणको पुस्टि भएको छ।

बाँकेका नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का‌ ४२ वर्षीया महिलामा कोरना संक्रमणको पुस्टि भएको स्वास्थ्य तथा जनसंख्या वातावरण मन्त्रालयले जनाएको छ।

तेस्तै कपिलवस्तु शुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जना सङ्क्रमित थपिएका मन्त्रालयका सह प्रवक्ता समिर कुमार अधिकारीले बताए।