प्रचण्डले देखाए लिम्पियाधुरा समेटीएको राजपत्रांकित नक्सा ,
जेठ १० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा लिपुलेख कालापानी समेटीएको राजपत्रांकित नक्सा हस्तान्तरण गरेका छन्।
प्रचण्ड निवास खुमलटारमा पुगेर भुमीसुधार मन्त्रि पद्मा अर्याल लगायतको टिमले प्रचण्ड निवास उक्त नक्सा दिएको हो ।
नेपाल सरकारले प्रकासित गरेको राजनीतिक प्रशाशनिक लिम्पियाधुरा सहितको नक्सा नेपाल सरकारको राजपत्रांकितमा पनि राखीएको छ।
नक्सा हस्तान्तरण गर्दै अध्यक्ष प्रचण्डले सम्पूर्ण नेपालीलाई हार्दिक बधाई दिएका छन्।
सरकारले नक्सा जारि गरेको पहिलो कदम भएको र अब नेपालि भुमिलाई वार्ता कुटनीतिक माध्यामबाट फिर्ता ल्याईने बताए।
लामो समयदेखि भारतले अतिकमन गरेको नेपालि भुमि कालापानी ,लिपुलेख ,लिम्पियाधुरालाई समेटेर नेपाल सरकारले नँया नक्सा प्रकासित गरेको छ।

