आज बस्ने मन्त्रिपरिषद बैठक स्थगित ,
जेठ ११ ,काठमान्डौ – आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भ एको छ।
कोरोेना रोकथाम तथा नियन्त्रणको बारे आगामी दिनमा चाल्नुपर्ने भूमिका र आर्थिक वर्षको बजेटको विषयमा छलफलको लागि चार बजे मन्त्रिपरिषद बैठकको समय तय भएको थियो।
आजको बैठक स्थगित गरि भोलि सोमबार ११ बजे बस्ने श्रोतले जानकारी गरेको छ।
आगामी बैठकले भारतको सिमानाकामा अलपत्र परेका नेपली नागरिकको उचित उदार र समस्या समधान गर्ने बताईएको छ।

