Gold
Bangad salyan

सुर्खेतमा थप १२ जना संक्रमित थपिए संक्रमितको संख्या २३ पुग्यो ,

जेठ १३ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतमा थप १२ जनामा कोरोना संक्रमण पुस्टि भ एको छ।

मंगलबार कोरोना पुस्टि भएका १२ जना मध्ये १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले बताएका हुन् ।

बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टाइनबाट ‘र्‍यान्डम्ली’ लिइएका स्वाबको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको खडकाले बताए।

डा. खड्काले कर्णालीको अवस्था भवावह बन्दै गएको भन्दै समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई दिन नेपाल सरकारलाई आग्रह गरेका छन्।

यो संगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको छ। कर्णाली प्रदेशमा भारतबाट मात्र ३० हजारको हाराहारीमा नागरिक भित्रिने अनुमान छ।

हजारौको संख्यामा कर्णालीका नागरिक भारत नेपालका विभिन्न नाकामा अलपत्र छन्।