Gold
Bangad salyan

चौरजहारी घटना छानबिन गरि कारबाही गर्न जनार्दन शर्माको माग ,

जेठ १३ ,काठमान्डौ – रुकुम पश्चिमको चौरजहारीमा तिन युवकको हत्या र ३ जना बेपत्ता भएको घटनाबारे छानबिन गर्न नेकपा नेता जनार्दन शर्मा प्रभावकरले माग गरेका छन्।

शर्माले घटनाबारे स्थलगत अनुगमन गर्न र छानबिनमा सघाउन स्थानीय सरकार, जनप्रतिनिधिलगायत सरोकारवालासमक्ष पनि आग्रह गरेका छन् ।‘

घटना बारेको अनुसन्धानमा सहयोग पुर्याउन, तथ्य सबैका सामु ल्याउन स्थानीय सरकार, पार्टीलगायत सरोकारवाला सबैलाई स्थलगत निरीक्षण गर्नसमेत अनुरोध गर्दछु,’ शर्माले फेसबुमा लेखेका छन् ।

गत शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका ८, सोतीमा भेरिनदिको किनारमा नवराज विकको शव फेला परेको थियो भने हिजो मात्र थप उनीसंगै बेहुली लिन गएका दुई जनाको शव फेला परेको छ ।

उनीहरु जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका हुन् । जाजरकोटबाट रुकुम चौहरजारि पुगेका १९ जना मध्ये ६ जना बेपत्ता भएका थिए।

अहिले जाजरकोट जिल्ला प्रहरी कार्यालयमा स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन गरेका छन्। बेहुली पक्षका आमा बुवा र वडाअध्यक्षलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।