Gold
Bangad salyan

हत्यामा संलग्नलाई नेपालमा मृतुदण्ड छैन उम्रकैदको सजाय दिन्छु गृहमन्त्रि थापा

जेठ १३ ,काठमान्डौ – जाजरकोटका दलित युवकको रुकुम चौहरजारीमा कुटपिटपछि हत्या प्रकरणको आज संसदमा सबै सांसदले आवाज उठाएका छन्।

सांसदको जवाफलाई गृहमन्त्री रामबहादुर थापा बादलले घटनाको अनुसन्धानमा ध्यानाकर्षण गर्दै दोषीलाई कडा कारबाही गरिने बताएका छन्।

घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

दलितको नाममा पटक पटक हत्या हुने गर्दापनि सरकारले कुनै कानुनि कारबाही अगाडी नगरेकोले यो छानबिन समितिले पनि यो घटनालाई दबाउन खोजेको समेत सांसदले आरोप लगाएका छन्।

मन्त्रि थापाले यो घटनामा कुनै राज्नितिकीकारण नगरिने बताएका छन्। थापाले अगाडी भनेका छन् ,दलित युवक सहित ६ जनाको हत्या घटना दु:खद छ ,हत्यारालाई नेपालमा मृतुदण्ड छैन हदै सम्म र उम्रकैदको सजाय हुन्छ।