२१ जना डिस्चार्ज पछि कोरोनालाई जित्नेको संख्या १७६ पुग्यो ,
जेठ १४ ,काठमान्डौ – नारायणी कोराेना विषेश अस्थायी अस्पताल गण्डकको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोनालाई जितेर घर फर्कीएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले ४ महिलासहित २१ जनाले कोरोना जितेको बताए ।
गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।
यो संगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १७६ पुगेको छ।

